सिटीलाई १० अंकको अग्रता

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराती सम्पन्न खेलमा सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा फिल फोडेन, रियाद महरेज र बेर्नान्डो सिल्भाले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि रिचार्लिसनले एक गोल फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीले लिगमा १० अंकको अग्रता बनाएको छ । सिटीको २४ खेलमा ५६ अंक भएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २४ खेलमा ४६ अंक रहेको छ ।

त्यस्तै २४ खेलमा ४६ अंक रहेको लेस्टर सिटी तेस्रो स्थानमा रहेको छ । त्यसैगरी एभर्टनको भने २३ खेलमा ३७ अंक रहेको छ ।

प्रतिक्रिया