प्रधानमन्त्रीसँग कोप-२६ टोलीको भेट

काठमाडौँ । बेलायतको ग्लासगाउमा आयोजना हुने मौसम परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ ।

भेटका क्रममा टोलीले मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुबारे जिज्ञासा राखेको थियो । मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालल आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार पनि व्यक्त गरेको थियो ।

यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनि प्रधानमन्त्रीसमक्ष टोलीले रोखेको थियो । नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाई पनि टोली प्रमुख शर्माको थियो ।

भेटमा प्रधानमन्त्री ओलीले कोप २६ टोलीले सम्मेलनको सम्मेलन पुर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिएका थिए । साथै उनले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिवद्धताबारे टोलीलाई जानकारी दिएका थिए ।

आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा मौसम परिवर्तन सम्बन्ध २६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड १९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो ।

प्रतिक्रिया