भागरथी हत्या प्रकरण : अभियुक्तले हत्याको आरोप स्वीकारेको प्रहरीको दाबी

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्याको आरोपमा पक्राउ परेका दिनेश भट्टले आफूले गरेको अपराध स्वीकारेको प्रहरीले दाबी गरेको छ।

बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डिआइजी उत्तम सुवेदीले भागरथीको हत्यामा अन्य कोही संलग्न भएको नदेखिएको बताए।

‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा १६ वर्षको किशोरले १७ वर्षको किशोरीलाई जबरजस्ती बलात्कार गरी हत्या गर्नै नसक्नेजस्तो देखिँदैन‚’ डिआइजी सुवेदीले भने‚ ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न भएको देखिएको छ, अब फरेन्सिक ल्याबलगायतका रिपोर्टहरु आएपछि यसबारे हामी थप तथ्यहरू बाहिर ल्याउन सक्छौँ।’

घटनास्थलमा गरिएको सोधपुछको क्रममा भट्टले दिएको बयान र टेक्निकल अनुसन्धानबाट देखिएको ठेगानाका आधारमा साविति कुराहरु भएको प्रहरीले बताएको छ।

प्रतिक्रिया