दुर्घटनामा चालकको मृत्यु

विराटनगर । झापामा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । झापा गाँउपालिका ६ शरणामति बस्ने २२ वर्षीय सनम तामाङको आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको हो ।

को १३ प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका ७ मा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया