स्ट्राइक सावित्राको उपचारमा एन्फाकाे सहयोग

काठमाडाैँ । नेपालकी कीर्तिमानी स्ट्राइक सावित्रा भण्डारीको उपचारमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग गर्ने भएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले सावित्राको उपचारका लागि एन्फाले सकृय सहयोग गर्ने बताएका हुन् । एन्फा अध्यक्ष शेर्पाले सावित्राको चोटले राष्ट्रिय टिममा अपुरणीय क्षति भएको जनाएका छन् ।

‘नेपाली महिला राष्ट्रिय टीमका अत्यन्तै उत्कृष्ट खेलाडी साबित्रा भाण्डारीको जारी लीगमा भएको घाइतेले नेपाली राष्ट्रिय टीमको आगामी दिनहरुमा अपुरणीय क्षति हुने भएको छ’ शेर्पाले फेसबुकमा लेखेका छन्- ‘साबित्रा भण्डारीको स्वस्थ्य उपचारमा एन्फा हरेक कोणबाट उपचारका लागि सकृय रहने र शिघ्र स्वस्थ्य लाभको कामना पनि गर्दछु।’

चोटका कारण सावित्रा एक बर्षसम्म मैदानबाट बाहिर रहनसक्ने डाक्टरहरुले बताएका छन् । सावित्रा राष्ट्रिय महिला लिग अन्तर्गत सोमबार नेपाल पुलिस क्लबसंगको खेलमा घाइते भएकी छिन् ।

उनको दायाँ घुँडामा चोट लागेको छ । बिएन्डबी अस्पतालमा एमआरआई गरिएको र रिपोर्टको प्रारम्भिक अध्ययनले घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको र अन्य चोट पनि देखिएको एन्फाले जनाएको छ । सावित्राले जारी लिगमा १० खेलमा ४३ गोल गरेकी छन्।

प्रतिक्रिया