बस्नेत पक्राउ परेेकोमा सपना रोकाद्वारा खुसी व्यक्त

काठमाडौं । सपना रोका मगरले आफूलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ परेपछि सत्यतथ्य बाहिर आउने आशा व्यक्त गरेकी छन्।

मंगलबार फेसबुकमार्फत् एक स्टाटस राख्दै रोकाले कानुनभन्दा माथि आफू नभएकाले यसअघि बाहिर यस विषयमा नबोलेको स्पष्ट पारेकी छन्।

‘धेरै जनाको जिज्ञासा थियो म किन बोलिरहेको छैन भनेर। कानुनभन्दा माथि हामी कोही पनि थिएनौं। सम्पुर्ण प्रहरी प्रशासनको अथक प्रयासपछि काठमाडौंबाट फेरि फरार हुने क्रममा काठमाडौं बसपार्कदेखि विनयजंग बस्नेत लाई पक्राउ गरिएको छ‚’ उनले लेखेकी छन्‚ ‘अब सत्यतथ्य कानुनी प्रक्रियाअनुसार नै बाहिर आउँछ।’

ढिलै भएपनि सत्य बाहिर आएको भन्दै उनले हौसला दिने सबै र प्रहरी प्रशासनप्रति आभार व्यक्त गरेकी छन्।

लकडाउनकाे समय सँगै बेवारिसे शवकाे व्यवस्थापनमा खटिएका विनय र सपनाबीचकाे सम्बन्धमा पछिल्लाे समय तिक्तता छाएकाे थियाे । विनयले सपनाबारे युट्युबरसँग नराम्रा टिप्पणी गरेका थिए । उनले एक युट्युब अन्तर्वार्तामा सपनाको अश्लिल फोटो देखाउने र मार्नेसम्मकाे धम्की दिएपछि रोकाले उनीविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया