मन्त्री तुम्बाहाङ्फेद्वारा ताप्लेजुङको मालपोत र नापी कार्यालय उद्घाटन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उदघाटन गरेकी छन् ।

मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि काठमाडौंस्थित मन्त्रालयको कार्यकक्षबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकारी दिए । उनले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गरे । ‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन,’ उनले भनिन् ।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको

दोहोर्याउँदै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गरिन् । आयोगमा मालपोत र नापीका प्रमुखहरु पनि जिल्ला समितिमा रहने छन् । आयोगको काममा जनप्रतिनिधिसमेत जोडिएकाले ऐनअनुसार जिम्मेवार भएर काम गर्न उनले आह्वान गरिन् ।

प्रतिक्रिया