सुरेश बडालकाे कथा सङ्ग्रह ‘रहर’ तयार

काठमाडौं । कवि सुरेश बडालको पहिलो कथा सङ्ग्रह ‘रहर’ केही दिनमा सार्वजनिक हुने भएको छ ।

१३ वटा कथा समावेश गरिएको सङ्ग्रहमा बाल तथा किशोर मनोविज्ञान, यौन मनोविज्ञान‚ प्रेम, समाज र राजनीतिका विषयवस्तु समेटिएको लेखक बडालले मकालु खबरलाई जानकारी दिए ।

फाइन प्रिन्टले बजारमा ल्याउने कथा सङ्ग्रहको विमोचनको मिति केही दिनमा तय हुनेछ । कथा सङ्ग्रह संस्मरणात्मक शैलीमा लेखिएको छ ।

प्रतिक्रिया