कीर्तिमानी स्ट्राइकर भण्डारीले एक बर्ष खेल्न नसक्ने !

काठमाडौं । कीर्तिमानी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ ले एक बर्ष फुटबल खेल्न नसक्ने भएकी छन् ।

घरेलु लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबबाट खेल्ने उनी सोमबार नेपाल पुलिस क्लबसँगको खेलका क्रममा घाइते भएपछि थिइन् ।

गोल गर्न खोज्ने क्रममा लडेकी सावित्राको घुँडाको लिगामेन्ट च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने भएको फिजियो नविना श्रेष्ठले जानकारी दिइन् । चाेट गम्भीर भएकाले उनले करीब एक बर्ष खेल्न नसक्ने डाक्टरहरुले बताएका छन् ।

सावित्राले अहिलेसम्म नेपालको तर्फबाट ३८ गोल गरेकी छन् । यो गोल संख्या नेपालका कुनैपनि खेलाडीले गरेको सर्वाधिक गोल हो ।

राष्ट्रिय महिला लिगमा सावित्राको टिम एपीएफ  ३० अंकसहित शीर्ष स्थानमा छ । जारी लिगमा उनले ४३ गोल गरिसकेकी छिन् ।

प्रतिक्रिया