भारतको शानदार जीत

एजेन्सी । इंग्ल्यान्डसंगको दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम भारत ३ सय १७ रनले विजयी भएको छ । जीतसंगै ४ टेस्टको शृँखला १–१ को बराबरीमा पुगेको छ ।

चेन्नेइमा मंगलबार सकिएको दोश्रो टेस्टमा ४ सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई १ सय ६४ रनमा अलआउट गर्दै भारत विजयी भएको हो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ४३, जोय रुटले ३३, डान लरेन्सले २६ र रोरी ब्रुन्सले २५ रन बनाए ।

भारतका अक्षर पटेलले ५ तथा रविचन्द्र आश्विनले ३ विकेट लिए ।

दोस्रो इनिङ्मा भारतले २ सय ८६ रन बनाएपछि इंग्ल्यान्डले ४ सय ८२ रनको ठूलो लक्ष्य पाएको थियो ।
दोस्रो इनिङ्मा भारतका रविचन्द्र आश्विनले १ सय ६, कप्तान विराट कोहलीले ६२ र रोहित शर्माले २६ रन बनाएका थिए ।

इंग्ल्यान्डका ज्याक लिच र मोईन अलीले ४–४ विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ३४ रन बनाएको थियो । भने भारतले ३ सय २९ रन बनाएको थियो ।

तेश्रो टेस्ट क्रिकेट फागुन १२ गते बुधबार हुनेछ ।

प्रतिक्रिया