नयाँ स्वरुपमा पुरानै सिंहदरबार [तस्वीरहरु]
२०७७ फागुन ३ गते
![नयाँ स्वरुपमा पुरानै सिंहदरबार [तस्वीरहरु]](https://www.makalukhabar.com/wp-content/uploads/2021/02/सरकारको-तीन-वर्ष-प्रधानमन्त्रीको-प्रेस-ब्रिफिङ_Photo_Rajan_Kafle-11.jpg)
|पुनर्निर्मित सिंहदरबारको उद्घाटन गर्दै प्रधानमन्त्री। तस्वीरः प्रधानमन्त्री सचिवालय|
काठमाडौँ । विसं २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय करिब ६ वर्षपछि पुनः आफ्नै भवनमा फर्किएको छ ।
अत्याधुनिक तरिकाबाट पुनर्निर्मित उक्त भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । भवनको पश्चिम भागबाहेक सबै भाग पुनर्निर्माण भइसकेको छ । अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सञ्चालन यहीँबाटै हुनेछ ।
भूकम्पअगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।
|तस्वीरः प्रधानमन्त्री सचिवालय/राजन काफ्ले|
२०७७ फागुन ३ गते
प्रतिक्रिया
सम्बन्धित








