ओली र प्रचण्ड कुर्सीका लागि लडिरहेका छन् : सभापति देउवा

भैरहवा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कुर्सीका लागि लडिरहेको आरोप लगाएका छन्।

भैरहवामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै कुर्सीका लागि नै अहिले ओली र प्रचण्डबीच झगडा भइरहेको बताएका हुन् ।

सम्बोधनका क्रममा सभापति देउवाले अहिलेका कम्युनिस्ट राजाभन्दा पनि ठूला राजा हुन थालेको बताउँदै नेकपाका दुई अध्यक्षबीच भइरहेको झगडामा आफूहरूको हात नभएको स्पष्टोक्ति दिए ।

‘प्रचण्डले प्रजातन्त्र मान्छु भने । गिरिजाप्रसाद कोइरालाले प्रचण्डलाई भारतबाट ल्याएर नेपालमा ल ठीक छ भनेर संविधान सभाको चुनाव गराइयो । तर यिनीहरू प्रचण्ड र ओली राजाभन्दा पनि ठूला राजा हुन थाले । उनीहरू कुर्सीका लागि झगडा भयो । यो झगडामा हाम्रो कुनै हात छैन,’ सभापति देउवाले भने।

कांग्रेसकै नेताहरूमध्ये कोही ओली र कोही प्रचण्ड ठिक भनिरहेको भन्दै देउवाले नेकपाको झगडाले कांग्रेस पार्टीमै समस्या आइसकेको बताए।

प्रतिक्रिया