आफ्नो स्वार्थका लागि ओलीले धार्मिक आस्थामाथि खेले : गगन थापा

नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको धार्मिक आस्थामा खेलवाड गर्न खोजेको आरोप लगाएका छन् ।

निहित स्वार्थ पुरा गर्नका लागि पशुपतिमा गएर पूजा गर्ने कुरा स्वीकार्य नभएको उनले बताए ।

‘तपाईं जतिबेला होटलमा लुकेर कोरियाबाट आएकी एक माताबाट होली वाइन खाँदै हुनुहुन्थ्यो, हामी पशुपतिमा आरती गरिरहेका थियौं,’ नेता थापाले भने, ‘प्रधानमन्त्री तपाईं/मेरो भावनामाथि खेल्न खोज्दैछन् ।’

उनले सरकारको नारा समृद्ध नेपाल, सुखी नेपाली हुनुपर्नेमा सन्की प्रधानमन्त्री अस्तव्यस्त नेपाल भएको आरोप समेत लगाए ।

उनले अदालतले प्रतिनिधि सभा विघटनलाई बदर गरिदिने विश्वास व्यक्त गरे ।

‘अदालतले देखाइदेओस् प्रधानमन्त्रीलाई, तपाईंले राष्ट्रपतिलाई मिलाएको जस्तो अदालतलाई मिलाउन सक्नुहुन्न,’ थापाले भने ।

प्रतिक्रिया