अर्जेन्टिनाका पूर्वराष्ट्रपति मेनेमको निधन

ब्युनस आयर्स । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्वराष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ ।

स्थानीय सञ्चार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाका राष्ट्रपतिको रूपमा थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्यसमेत थिए ।

राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्वराष्ट्रपति मेनेमको निधनप्रति दुःख प्रकट गर्दै पूर्वराष्ट्रपति मेनेम लोकतन्त्रका लागि सदैव प्रतिवद्ध राष्ट्रका सच्चा नेता भएको बताएका छन् ।

प्रतिक्रिया