प्रदेश १ को वार्षिकोत्सव: कांग्रेस र प्रचण्ड-माधव पक्षको वहिष्कार

विराटनगर । प्रदेश १ को तेश्रो वार्षिकोत्सवको कार्यक्रम कांग्रेस र नेकपाको प्रचण्ड–माधव पक्षले बहिस्कार गरेको छ ।

वार्षिकोत्सवको अवसरमा सोमबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्ड-माधव समूह सहभागी भएन । यो समूहका नेता इन्द्र आङ्बोले वैधता नै सकिएको सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी नभएको मकालु खबरलाई बताए । वैधता सकिइसकेको र पार्टीले कारबाही गरेको पक्षले गर्ने कार्यक्रममा सहभागी हुन आवश्यक पनि नरहेको र त्यसको अर्थ पनि नभएको उनको भनाइ छ ।

कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संसद छलिरहेको सरकारको कार्यक्रममा जान आवश्यक नभएको र पार्टीको विरोध प्रदर्शनको कार्यक्रम पनि रहेकाले नगएको बताए । अर्थहिन कार्यक्रममा चिया खानका लागि मात्र किन जाने भनेर, नगएको कार्कीले बताए ।

प्रतिक्रिया