प्रदेश सरकारको तीन वर्ष: १२३ कानुनी दस्ताबेज तयार

  • सुमन सुस्केरा

विराटनगर । प्रदेश १ सरकारले तेस्रो वर्ष पूरा गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरि आफ्नो स्थापना दिवस मनाएको हो । तीन वर्षको अबधिमा तयार पारिएको हाते पुस्तिका सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश १ सरकारले तीन बर्षको अबधिमा गरेको कामहरुको फेहरिस्त सहितको विवरण हाते पुस्तिकामा राखिएको छ ।

प्रदेश सरकारले आयोजना गरेको बिशेष समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले कोभिड-१९को प्रतिकुल अवस्थाका कारण पनि प्रदेश सरकारले नागरिकमा आशाको भाव सिर्जना गरेको बताए । नागरिकको प्रदेश सरकार साथसाथमा रहेको भन्ने स्थापित गराउनको लागि प्रदेश सरकारबाट १२३ वटा कानुनी दस्ताबेज तयार पारिनुले प्रदेश सरकार नागरिक प्रति उत्तरदायी रहेको स्पष्ट भएको उनले बताए । वित्तिय सुशासन, भ्रष्टाचारको शुन्य सहनशिलताको अभियानले प्रदेशलाई सुशासनलाई प्रदेश सरकारले अबलम्बन गरेको उनले बताए ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्थापना भएका तीन बर्षमा संघीयताको मेरुदण्डको रुपमा स्थापित गराउन सफल भएको बताए । अत्यावश्यक आधार र संरचना निर्माण गर्नको लागि २ वर्ष गएको बताए । ‘अनेकन चुनौती, अप्ठेराका बिचमा हामी यहाँसम्म आएका छौँ,’ उनले भने, ‘तीन बर्ष संघीयता कार्यान्वायन गर्न आबधिक योजना निर्माणमा बितेको छ ।’ जनताको व्यापक खुसी र उत्साह प्रदेश सरकारले स्थापित गराएको उनको दाबी छ ।

अहिले शुरु भएको थिती र प्रणाली अहिलेको मात्र नभई भोलीको जग भएको स्मरण गर्दै मुख्यमन्त्री राईले तीन बर्षमा नागरिकका आशा र अपेक्षा पूरा हुन नसक्ने बताए । माग र चाहनालाई प्राथमिकीकरण गरी सिमित श्रोत र साधनबाट स्म्बोधन गर्दै अघि बढिएको उनको भनाई छ । प्रदेश सरकार नागरिकका आशा र भरोशा जगाउन सक्नु नै मुख्य प्रगतिको रुपमा लिएका छन् । उनले स्वीस सरकारबाट लिईएको १ अर्बको अनुदान सहयोग लिने प्रदेश १ सरकार नै पहिलो भएको बताए ।प्रदेश १ मा १२३ वटा कानुन निर्माण गर्न सफल भएको बताउँदै मुख्यमन्त्री राईले बन्दा बन्दीको बेलामा किसानलाई राहत उपलब्ध गराउनुलाई पनि उपलब्धी भनेका छन् । योजनाहरु अब सिलान्यासबाट उद्घाटनको चरणमा अघि बढेको स्मरण गर्दै अहिले विकासको माध्यामबाट जनतालाई जोड्दै उज्यालो तर्फ अघि बढेको राईले सम्झिए ।

यसैबीच आजै मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा यातायात व्यवस्था कार्यालयलार्य अनलाई प्रणालीको शुरुवात गरेका छन् । भिआरटिएनएस सफ्वेयर शुरु गरेको छ । यातायात क्षेत्रको व्यवस्थापन चुस्त र दुरुस्त बनाउनको लागि यातायता क्षेत्रमा अटोमेशन अभियान शुरु भएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।

प्रतिक्रिया