राखेपद्वारा ९ पूर्वाधार निर्माणका लागि सम्झौता

काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न जिल्लामा ९ वटा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा स्थानीय उपभोक्ता समितिसँग १ करोड ९५ लाख बराबरको सम्झाैता गरेकाे छ ।

गण्डकी प्रदेशस्तरीय खेलकुद अभिमुखीकरण कार्यक्रमको शिलशिलामा पोखरामा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिबीच आइतबार सम्झौता भएकाे हाे ।

पोखराको जेष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ६३ हजार ८६ रुपयाँ ९० पैसा लाग्ने लागत इस्टमेट रहेकोमा बाँकी रकम समितिले व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

त्यस्तै लमजुङको राइनस नगरपालिका- ६ स्थित गौलीटार रंगशाला निर्माणका लागि राखेपले ५० लाख उपलब्ध गराउने भएको छ । ५५ लाख ९२ हजार १ सय ६१ रुपयाँ पैसा ५१ लाग्ने लागत इस्टमेट रहेकोमा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी राखेपले लमजुङ कभर्डहल निर्माणका लागि १० लाख, म्याग्दीको बेनी रंगशाला निर्माणका लागि १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि १० लाख, तनहुँको चिन्टुटार रंगशाला निर्माणका लागि १० लाख, म्याग्दीको बेनी नगरपालिकास्थित रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि १० लाख, बाग्लुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि १० लाख र गोरखा रंगशाला स्तरोन्नतिका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

राखेपका सदस्य सचिव सिलवाल र सम्बन्धित उपभोक्ता समितिसँग आइतबार नै सम्झौता भएको छ ।

सम्झौतामा उल्लेख भएअनुसार सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया