लागुऔषध कारोबारमा संलग्न नौ जना पक्राउ

काठमाडौं । लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबारमा संलग्न ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

ब्यूरोकाे टोलीले माघ २१ देखि २६ गतेसम्म गरेको कारबाहीमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ परेका लागूऔषध कारोबारमा संलग्न ९ जनालाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनीहरुलाई लागुऔषध एम्फेटामाइन २ सय २२ ग्राम र नियन्त्रित लागुऔषध २४ सय ७० एम्पुलसहित पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरिक्षक दिलीप चौधरीले जानकारी दिए ।

उनीहरुको साथबाट डाइजेपाम–९२८ एम्पूल, बुप्रेनोर्फिन ७८२ एम्पूल, फेनारगन–६८४ एम्पूल, लुपिजेसिक–७६ एम्पूल गरी कुल नियन्त्रित लागुऔषध २४ सय ७० एम्पूल र नगद ९० हजार पाँच सय रुपैया बरामद गरेको उनले बताए ।

पक्राउ परेका व्यक्तिहरुले एउटै सञ्जाल निर्माण गरी कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया