सुर्यभक्त पतनादेवि पत्रकारिता पुरस्कार पोख्रेललाई

यसबर्षको सुर्यभक्त पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल सम्मानित हुने भएका छन् ।

नेपाल प्रेस युनियन नवलपुर शाखाले वर्षेनी प्रदान गर्ने पुरस्कारबाट यसपटक पोख्रेललाई सम्मान गर्ने निर्णय भएको प्रेस युनियन नवलपुरले जानकारी दिएको छ । २५ हजार रुपैया राशीको पुरस्कार यही फागुन ७ गते प्रदान गरिनेछ ।

पोख्रेलले २०५० सालदेखि पत्रकारिता सुरु गरेका हुन् ।

यो पुरस्कारबाट यसअघि पत्रकारहरु कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, पोषण केसी, रामजी दाहाल किशोर नेपाललगायत सम्मानित भइसकेका छन् ।

पुरस्कार प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उनकी धर्मपत्नी पतनादेवी अधिकारी को स्मृतिमा छोरा मदनभक्त अधिकारीले स्थापना गरेका हुन् ।

प्रतिक्रिया