१४ पत्रकारलाई पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति

काठमाडौँ । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका १४ पत्रकारहरू ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल- पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको सहयोग तथा सोही संस्था तथा नेपाल पत्रकार महासंघको सहकार्यमा १४ जिल्लाका १४ पत्रकारहरुलाई आइतबार एक कार्यक्रमका बीच साे सम्मान प्रदान गरिएकाे हाे ।

सम्मानित हुनेहरूमा गाेरखाका भिमलाल श्रेष्ठ, धादिङका नवराज छत्कुली, काभ्रेका मोतीराम तिमल्सिना, सिन्धुलीका राजकुमार कार्की, रसुवाकी अनुकुमारी आचार्य, काठमाडाैंकी विद्या राई, सिन्धुपाल्चाेककि दुर्गा आचार्य, मकवानपुरकी सम्झना रिजाल, ओखलढुंगाका शिवप्रसाद ढुंगाना रहेका छन् ।

यस्तै ललितपुरका रामहरी कार्की, भक्तपुरकी सम्झना पाैडेल, नुवाकाेटकी शर्मिला उप्रेती, दाेलखाकी उषा तामाङ र रामेछापकी जानुका पाैडेल पनि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल– पुनर्निर्माण र पुनर्स्थापना लेखनवृत्ति सम्मानबाट सम्मानित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई दिँदै सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । सूचनाको हक कार्यान्वयन गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सहजै सूचना पाउन नसके सूचनाको हकसम्बन्धी अधिकार प्रयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कोषाध्यक्ष  किरण थापाले यस्ता लेखनवृत्ति सम्मानले पत्रकारहरुलाई हौसला प्रदान गर्ने भन्दै आगामी दिनमा पनि सहकार्य गर्ने बताए ।

प्रतिक्रिया