भिभोकाे नयाँ स्मार्टफोन अब १७ हजारमा

काठमाडाैं । स्मार्टफोन ब्राण्ड भिभोको वाई सिरिजकाे नयाँ स्मार्टफोन ‘भिभो वाई ट्वेल्भ एस’ नेपाली बजारमा भित्रिएको छ ।

कम्पनीका अनुसार यो फोनमा ५ हजार एकएएच ब्याट्री प्रयाेग गरिनुका साथै साइड–माउन्टेड फिंगरप्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा रहेको छ । यो फोन युवा उपभोक्ताहरुको जीवनशैलीसँग मिल्नेगरी निर्माण गरिएको कम्पनीकाे दाबी छ ।

भिभो नेपालका सिइओ मार्स भन्छन्, ‘भिभो वाई सिरिजलाई नेपालको लोकप्रिय स्मार्टफोनको रुपमा स्वागत गरिएको छ । वाई सिरिजका स्मार्टफोन सधैँ सक्रिय रहिरहने युवाहरुको आवश्यकतालाई मध्यनजर गर्दै बनाइएको छ।’

कम्पनीका अनुसार यस फोनमा रहेको ए एआई रियर क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउने कम्पनीबो दाबी छ ।

एक पटककाे चार्ज करिब १६ घण्टासम्म टिक्ने याे फोनको क्यामेरामा फेस ब्युटी र फिल्टरर्सलगायत विविध फिचरहरु रहेको कम्पनीले जनाएको छ । यो फोन फ्यान्टम् ब्ल्याक र ग्लेसियर ब्लु रंगमा उपलब्ध छ ।

प्रतिक्रिया