पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धकाे मुद्दाबारे निर्णय गर्न सर्वोच्चले झिकायाे प्रमाण
२०७७ फागुन २ गते

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको विषयमा प्रमाण मागेको छ।
सर्वोच्चले ललिता निवासको १३३ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा प्रधानमन्त्रीद्वयलाई मुद्दा चलाउने/नचलाउने भन्ने विषयमा निर्क्यौल गर्न विशेष अदालतमा दर्ता भएको अभियोगपत्र झिकाउन आदेश दिएको हो।
अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले प्रमाण झिकाउने आदेश दिएको हो ।
यसअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।
२०७७ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित








