लडेर बृद्धाको ज्यान गयो

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकामा एक बृद्धाको लडेर मृत्यु भएको छ । लालिगुराँस ५ की ७३ वर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको हो ।

पात्ले डाँडामा मृत अवस्थामा भेटिएकी मंगलमायाको बारेमा स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट गएको प्रहरी टोलीले उनको लडेर मृत्यु भएको अनुसन्धानबाट देखिन आएको जनाएको छ ।

प्रतिक्रिया