ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङ लेटाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

लेटाङ नगरपालिका वडा नम्बर २ बस्ने ६७ वर्षीय रत्नबहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको हो । मोरङ सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साईकल यात्री श्रेष्ठलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया