मेस्सी चम्कदा बार्सिलोनाको सानदार जित

काठमाडाैँ । स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सानदार जित हात पारेको छ । ला लिगामा पछिल्ला खेलमा लगातार राम्रो नतिजा निकालिरहेको बार्सिलोनाले आलाभेजलाई ५–१ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि फ्रान्सिस्को ट्रिनकाओ र लियोनल मेसीले २–२ गोल गरे । एक गोल जुनियर फ्रिपोले गरेका हुन् । आलाभेजका लागि लुइज रिओवाले एक गोल गरे ।

जितपछि २२ खेलबाट ४६ अंक बनाएको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आलाभेज २३ खेलबाट २२ अंक बनाएको आलाभेज अंक तालिकाको १६औँ स्थानमा छ ।

प्रतिक्रिया