‘माधवको ढाडमा टेकेर केपीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा पछारिए‘

काठमाडौँ । सत्तापक्षीय नेकपाका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा पछारिएको बताएका छन् ।


शनिबार केपी शर्मा ओली नेतृत्वको नेकपाको बुटवलको शक्ति प्रदर्शनको सभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । प्रचण्डले माधव नेपालको ढाँडमा टेकेर केपी ओलीलाई हान्न खोजेको तर असफल भएको बताउँदै पोखरेलले भनेका छन्, ‘हान्न खोज्दै हुनुहुन्थ्यो । तर, सडकमा पछारिनुभयो ।’

प्रतिक्रिया