१३वर्षपछि हलमा ‘सानो संसार’

काठमाडौँ । चलचित्र ‘सानो संसार’ प्रणय दिवसको अवसर पारेर आइतबारबाट पुर्न प्रदर्शन हुने भएको छ । गत बर्षको चैत ११ बाट कोरोनाका कारण बन्द भएको हल पुस २६ गतेबाट खुले पनि चलचित्र भने राम्रोसँग प्रदर्शनमा आउन सकेका छैनन् । यस्तै अवस्थामा भए पनि चलचित्र क्षेत्रलाई चलायमान बनाउन १३ वर्ष अगाडी नै प्रदर्शन भएको चलचित्र प्रदर्शनमा ल्याउन लागिएको हो ।

आलोक नेम्वाङको निर्देशनमा बनेको चलचित्रमा कर्मा शाक्य, नम्रता श्रेष्ठ, विनय श्रेष्ठ, नीर शाह, सुशीला रायमाझी, अर्जुन श्रेष्ठ, जीवन बराल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

प्रतिक्रिया