‘सशस्त्र दमन गर्नुपर्ने अवस्था आउन सक्छ’

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले सशस्त्र दमन गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् । प्रतिक्रियावादी शक्तिहरुले अवरोध गरेको खण्डमा सरकारले सशस्त्र दमन गर्नसक्ने बादलले बताए ।

शनिबार जनयुद्ध दिवसका अवसरमा काठमाडौँमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (ओली समूह)को कार्यक्रमलाई सम्बोधन गर्दै बादलले समाजवादी क्रान्ति अघि बढाउने क्रममा प्रतिक्रियावादी वर्गले सशस्त्र आक्रमण गर्न खोजे सरकारले त्यसविरुद्ध सशस्त्र दमन गर्नुपर्ने अवस्था आउने बताएका हुन् ।

‘हामीले यो समाजवादी क्रान्ति अघि बढाउँदै गर्दा प्रतिक्रियावादी वर्गले भोलि गएर सशस्त्र प्रतिरोध गर्न सक्छ’, बादलले भनेका छन्, ‘समाजवादी कार्यक्रम लागू गर्ने क्रममा त्यो अवस्थामा हामीले फेरि हतियार उठाउने, उनीहरूको दमन गर्नुपर्ने स्थिति आउन सक्छ ।’

बादल माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धको पनि मुख्य भूमिकामा रहेका नेता हुन् । पूर्वमाओवादी रहेका उनी पछिल्लो पटक भने ओली समूहमा छन् ।

प्रतिक्रिया