यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन ०१ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–द्वितीया,४४ घडी ५२ पला,रातको १२ बजेर ४२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–शतभिषा,२१ घडी १२ पला,दिउसो ०३ बजेर १४ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–शिव,४७ घडी ४४ पला,रातको ०१ बजेर ५१ मिनेट उप्रान्त सिद्ध । करण– बालव,दिउसो १२ बजेर २३ मिनेट उप्रान्त कौलव,रातको १२ बजेर ४२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५२ मिनेट । दिनमान २७ घडी ४८ पला । फाल्गुन सक्रान्ति ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४५ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ४६ मिनेटदेखी बिहान ८ बजेर ०८ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ०९ मिनेटदेखी बिहान ९ बजेर ३२ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर ३३ मिनेटदेखी बिहान १० बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखी मध्यान्ह १२ बजेर १९ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखी दिउसो १ बजेर ४२ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर ४३ मिनेटदेखी दिउसो ३ बजेर ०६ मिनेटसम्म अमृत बेला ।
दिउसो ३ बजेर ०७ मिनेटदेखी बेलुकी ४ बजेर २९ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३० मिनेटदेखी बेलुकी ७ बजेर २९ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर ३१ मिनेटदेखी बिहान १० बजेर ५५ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा कामहरु महत्वपूर्ण कामहरु थोरै समय दिएर फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पती तथा पैत्रिक सम्पति हात लागि हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनैतिका पहाडहरु चिर्दै अगाडी बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा प्रसस्त आम्दानी गर्न सकिनेछ । साथिभाई तथा शुभचिन्तक हरुको साथ तथा समर्थन रहने हुनाले दैनिक कामहरु गर्न सहज हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पारिवारिक माहोलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई धेरै पछाडी छोड्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । व्यापार व्यावासमयमा प्रशस्त समय खर्चिए पनि थोरै नाफा हुनेछ । सहयोगी तथा आफन्तले हात झिक्नाले समस्या बढ्नेछ । आषा देखिउनेहरुले नै धोका दिनेछन् । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । तरपनि धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिभिन्न समस्याहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ भने यही बेलामा आफन्त तथा शुभचिन्तकहरु टाडिनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिदा पनि भनेजस्तो नतिजा हात लागी नहुँदा काम गर्ने जोस जागर हराएर जानेछ । बाहिरि वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । प्रेम प्रशङगमा एक अर्कालाई शंकालु नजरले हेर्दा थप समस्या उत्पन्न हुनाले सम्यम भई अगाडि बढ्नुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । घरपरिवारका सदस्य र साथीभाइसँग मत भन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । व्यापार व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बन्द व्यापार फस्टाएर जानेछ भने नयाँ ठाउमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । पुराना नउठेका रकमहरु उठ्ने तथा लामो समय देखि देखिएका स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने अबिश्वासहरु चिर्दै रमाउन पाउदा मन प्रशन्न हुनेछ । बिवाद तथा प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । सन्तान तथा अनुयायीको माध्यामबाट काम बन्नेछ भने बंश वृद्धिको योग रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाईने योग रहेकोछ । घरगृहस्थीमा समय खर्चिदा आफन्त तथा परिवारका सदस्य खुसि हुनेछन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आई खर्च बढ्न सक्छ ध्यान दिनुहोला । डुबेको धन उकास्न दौडधूप गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा सामाजिक काममा मन जाने भएपनि जनताको लालोचना होईनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) दाजुभाईसँग मिलेर गरिने कुनै पनि व्यावसाय फस्टाएर जानेछ । राम्रै आम्दानी हुने तथा रोजगारिका अवसरहरु जुट्नेछन् । छोटो दुरिको व्यावसायिक यात्राको तय हुनेछ भने यात्राका क्रममा आफन्तसँग रमाईलो गर्दै दिनलाई रंगिन बनाउन सकिनेछ । आट तथा साहस बढेर जानेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुनाले मान प्रशन्न हुनेछ । अध्ययनमा प्रगती भएर जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) ज्ञानको कमिले शैक्षिक क्षेत्रसँग सम्बन्धित कामहरु बिग्रन सक्छ ध्यान दिनुहोला । आफ्नो भन्दा पनि अरुकै काममा समय बित्ने हुनाले समस्या निम्तन सक्छ । बोल्दा ख्याल गनुहोला बोलिको गलत अर्थ लगाई आफ्ना भन्नेहरुलेनै फसाउन सक्छन् । कटुम्बसँग मनमुटाब बढ्न सक्छ ध्यान दिनुहोला । समान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ भने अध्ययनमा अरुभन्दा पछि परिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्ने भएपनि गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ । ज्ञानगुन र दार्शनिक विषयमा आकर्षित हुने समय रहेकोछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन उत्तम रहनेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । राजनीति तथा समाजसेवामा समय व्यातित हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । शरिरमा आलश्यता तथा अल्छिपना बढेर जानेछ भने मनोबल कमजोर हुनाले बाहिरी तत्वहरुले प्रलोभन देखाएर फसाउन सक्छन् ध्यान दिनुहोला । आफन्त तथा अग्रजहरुको सुझाबलाई बेवास्ता गर्दा दुःख पाईनेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । यात्राको योग रहेकोछ भने विदेशमा उत्पादिन सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया