‘मेरो प्रत्येक पाइलामा यौटा–यौटा भूकम्प छ’ [भिडिओसहित]

काठमाडौँ । स्रष्टा र कलाकारहरुले पनि संसद् पुनर्स्थापना हुनुपर्ने ‘लाइन’ दोहोर्याएका छन् । शुक्रबार काठमाडौँमा प्रदर्शन गर्दै उनीहरुले संसद् पुनर्स्थापना हुनुपर्ने जिकिर गरेका हुन् ।

‘अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन’ नाम दिइएको उक्त प्रदर्शन भृकुटीमण्डपबाट शुरु भइ बसन्तपुरसम्म पुगेको थियो । जहाँ, कविहरुको बाक्लो उपस्थिति थियो ।

त्यसक्रममा मण्डला थिएटरका कलाकारले पनि हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका थिए । सबै प्रकारका प्रतिगमनविरुद्ध प्रदर्शन गरेको बताएका उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा हातमा साङ्लोले बाँधेर प्रदर्शन गरेका हुन् । साथमा उनीहरुले कविताको पङ्तिसमेत हातमा बोकेका थिए ।

खासगरी गत ५ पुषमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस शीतल निवासबाट सदर भएपछि अहिले नागरिकदेखि सिङ्गो राजनीतिक दलहरु आन्दोलित छन् ।

प्रतिक्रिया