शुक्रबार थपिए १२७ संक्रमित, २ जनाकाे मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १३६ कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै आज (शुक्रबार) १२७ संक्रमित थपिएका छन् । पछिल्लो अपडेटसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ भने मृतक संख्या २ हजार ५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई जना संक्रमितको मृत्यु भएको छ ।

क्वारेन्टिनमा आज ७९ जना छन् भने सक्रिय संक्रमित संख्या एक हजार ७०७ रहेको छ ।

प्रतिक्रिया