भ्यालेन्टाइन लक्षित ‘रियलमी’ गिफ्ट आइटम

काठमाडौं । ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टाइन लक्षित गिफ्टहरू ल्याएकाे छ । कम्पनीले भ्यालेन्टाइन विशेष आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू ल्याएकाे हाे ।

रियलमी एआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइलसँग लिंक गरेर सुन्दर अनुभूति गर्न सकिने प्रयाेगकर्ताहरू बताउँछन् ।

रियलमी ब्यान्ड

यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथा धूलोमा खसेमा पनि बिग्रिँदैन ।

स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतम बोर्डरलेस डिजाइनले सेवाग्राहीलाई स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्च कलर स्किन रहेको यो ब्यान्ड वातावरणमैत्री पोलिमर सामाग्रीबाट बनेको छ, जसको तौल केबल २० ग्राममात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।

रियलमी बड्स एयर

रियलमी बड्स एयर केबल ४.३ ग्रामतौलका साथ उपलब्ध रहेको छ । एक पटकमा निरन्तर १७ घण्टासम्म प्लेब्याक म्युजिकका रुपमा काम गर्न सक्ने क्षमता यसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् ।

रियलमी घडी ‘वाचएस’

‘रियलमी वाचएस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै कामसहित अन्य फिचर्सहरु पनि प्रदान गरेको छ । १.३ इन्च लम्बाईको डिस्प्ले रहेको यस घडीले कोठाभित्र मात्र नभए बाहिरी वातावरणमा पनि सहज तरिकाले हेर्न सकिने सेवा दिएको छ । यसको डिस्प्लेमा अमेरिकी ग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ ।

आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिँदैन । कम्पनीले यस घडीमा १०० भिन्न प्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमा हुने अक्सिजनको मात्रा मापन गर्ने भएकाले ग्राहकको स्वास्थ्य निगरानीमा पनि यसले सहयोग पुर्याउँछ ।

१६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान/योग तथा आरामको तालीका समेतको सुविधा यस घडीमा रहेको छ । रियलमी गुगलसँग घडीलाई लिंक गरेर फोन अनुसारको आफ्नो तालिकासँग जोडेर त्यस अनुसारको समय तालिका यसमा निर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत् जानकारी पाउन सकिने हुँदा खल्तीमा भएको मोबाइलमा आएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत् नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिनसम्म काम गर्ने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया