महानगरीय प्रहरीलाई डेस्कटप र ल्याप्टप

काठमाडाैँ । काठमाडौंको जोन्टा क्लबले यस वर्ष किशोरी र महिला हिंसाका घटनालाई सहयोग पुर्‍याउन ललितपुर महानगरपालिका १०० हेल्पलाइनसँग सम्झौता गरेको छ ।

किशोरी र महिला हिंसा नियन्त्रणमा कार्यरत कन्ट्रोल रुमलाई सहयोग पु-याउन क्लबले महानगरीय प्रहरीलाई ४ वटा डेस्कटप र २ वटा ल्यापटप प्रदान गरेको हो ।

जोन्टा वकिल समिति र ललितपुर महानगरपालिकाका सदस्यहरुको उपस्थितिमा जोन्टा क्लब अफ काठमाडौं जेडएन जोन्टा क्लबका अध्यक्ष सीमा गोल्छाले ललितपुर महानगरका एसएसपी किरण वज्राचार्यलाई ल्याप्टप हस्तान्तरण गरिन् ।

लक्ष्मी बैंकले २ वटा डेस्कटप, दया फाउन्डेसनले १ वटा ल्याप्टप, ज्योति समूहले १ वटा डेस्कटप, गोल्छा समूहले १ वटा डेस्कटप र संस्कृत विद्यालयले १ वटा ल्याप्टप गरी ६ वटा कम्प्युटर प्रदान गरेका थिए ।

प्रतिक्रिया