बायर्नले जित्यो क्लब विश्व कपको उपाधि

काठमाडौँ । जर्मनी च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ ।

गएराती सम्पन फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १-० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । बायर्नको जितमा खेलको ५९औं मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।

योसँगै बायर्नले दोस्रो पटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ । यसअघि बायर्नले २०१३ मा यो उपाधि जितेको थियो । फिफा क्लब विश्वकपको उपाधि अहिलेसम्म सबैभन्दा धेरै रियल म्याड्रिडले ४ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ ।

प्रतिक्रिया