यी चार खराब बानीले समय अगावै निम्त्याउँछ बुढेसकाल

एजेन्सी । मानिसहरू उमेर पुगिसक्दा पनि बुढेसकालले नछोओस् भन्ने सोच्छन् । चाउरिएका छाला कसैलाई मन पर्दैन । झनै उमेरै नपुगि बुढेसकाल लाग्याे भने हरकाेहीमा खिन्नता छाउनु स्वभाविक हाे ।

यदि समय अगावै बुढेकालकाे लक्षण नदेखियाेस् भन्ने हाे भने हामीले आफ्नो जीवनशैली तथा खानपानमा सुधार ल्याउनु आवश्वयक छ । हाम्राे जीवनशैलीले नै निर्धारण गर्छ आयु र बुढ्यौली !

यी बानी परिवर्तन गरे हुन सक्छ समस्या समाधान 

जंक फूड वा कोल्ड ड्रिङ्क : जंक फूडमा धेरै नै ट्रान्स फ्याट, नुन र चिनी हुन्छ । यसमा पोषक तत्व शून्य बराबर हुन्छ । जंक फूडले शरीरबाट कोलोजनको मात्रा कम गर्छ । कोलेजनले अनुहारमा चाउरी पर्नबाट रोक्छ । यस्तै सोडा र कोल्ड ड्रिङ्क्सले पनि अनुहारमा चाउरी पर्न सघाउ पुर्याउँछ ।

रक्सीको अत्यधिक सेवनः  केही अनुसन्धानका अनुसार जो मानिसहरु रक्सीको अत्यधिक सेवन गर्छन्, उनीहरुमा बुढेसकालको लक्षण चाँडै नै आउने गर्छ । रक्सीको अत्यधिक सेवनले आँखा मुनी कालो दाग, अनुहारमा चाउरी र डिहाइड्रेशन हुने गर्छ ।

घोप्टो परेर सुत्नुः सुत्दा शरीरले ऊर्जा प्राप्त गर्छ तर यदि तपाईं घोप्टो परेर सुत्नुहुन्छ भने तपाईंमा बुढेसकालको लक्षण चाँडै नै आउन सक्छ । एस्थेटिक सर्जरी जर्नलमा छापिएको एक अनुसन्धानका अनुसार घोप्टो परेर सुत्दा अनुहारमा सिधा दबाब पर्छ जसका कारण चाउरी पर्न थाल्छ । त्यसैले तपाईंले आफ्नो सुत्ने तरिकामा परिवर्तन गर्नुपर्छ ।

निद्रा अपुग हुँदाः निद्रा पूरा नहुँदा पनि अनुहारमा चाँडै नै चाउरी पर्न थाल्छ । निद्रा पूरा नहुँदा पूरा रुटिन बिग्रने गर्छ । यसको असर शरीरमा पनि पर्छ । युनिभर्सिटी हस्पिटल केस मेडिकल सेन्टरको एक शोधमा निद्रा पूरा नहुनेहरुको अनुहारमा अत्यधिक चाउरी देखिएको पत्ता लागेको छ । साथै यसको एक प्रमुख कारण तनाव पनि मानिएको छ ।

प्रतिक्रिया