ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै को १ क ३४११ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बेलका नगरपालिका ९ उदयपुरका ५४ वर्षीय राजेन्द्र शाह छन् । दुर्घटनापछि भाइते भएका शाहको वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ ।

प्रतिक्रिया