सेभिल्लासँग बार्सिलोना स्तब्ध

काठमाडौँ । कोपा डेल रे को सेमिफाइनल अन्तर्गत पहिलो लिगमा बार्सिलोना पराजित भएको छ । गएराती भएको खेलमा बार्सिलोनालाई सेभियाले २-० गोल अन्तरले पराजित गरेको हो ।

सेभियाको जितमा जुलेज कुण्डे र बार्सिलोनाकै पूर्व खेलाडी इभान राकिटिकले एक एक गोल गरेका थिए । कुण्डेले खेलको २५औं मिनेटमा गोल गरेका थिए भने राकिटिकले खेलको ८५औं मिनेटमा गोल गरेका थिए ।

योजितसँगै सेभियाले सेमिफाइनलको पहिलो लिगमा २-० को महत्वपूर्ण अग्रता लिएको छ । अब सेमिफाइनलको दोस्रो लिग आगामी मार्च ४ मा हुने छ । त्यस्तै दोस्रो सेमिफाइनल अन्तर्गतको खेलको पहिलो लिग आजराती एथलेटिक क्लब र लेभान्टेबीच हुँदैछ ।

प्रतिक्रिया