प्रदेश १ : मन्त्रिपरिषदले के-के गर्‍यो निर्णय ?

विराटनगर । लामो समयछि बसेको प्रदेश १ मन्त्रिपरिषदको बैठकले ४ वटा निर्णय गरेको छ । एक मन्त्रीको बर्खास्ती र तीन मन्त्रीले राजीनामा दिएपछि बुधबार बसेको बैठकले चार महत्वपूर्ण निर्णय गरको हो ।

प्रदेश सरकारको स्थापना दिवस भव्य रुपमा बनाउने निर्णय गरेको छ । तीन वर्षे स्थापना दिवसको अवसरमा फागुन ३ गते तेश्रो स्थापना दिवस बनाउने निर्णय भएको हो । प्रदेश प्रमुखको प्रमुख आातिथ्यतामा स्थापना दिवस मनाउने निर्णय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषदले उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयले प्राईभेट फर्मको दर्ता नबिकरणको लागि पहिले तोकिएको मितिमा म्याद थप्ने निर्णय गरेको छ । असोजमा प्रदेश सरकारलाई अधिकार दिएर पनि कार्यान्वयनमा जान नसकेको अस्पतालको ईजाजत, नियमन र नबिकरणको लागि नीति बनाउने काम शुरु भएको मन्त्री कार्कीले जानकारी दिए ।

प्रदेशभित्र संचालित २ सय शैयाको अस्पतालको ईजाजत, नबिकरण र नियमनको लागि अधिकार दिईएकोमा कार्यावायनमा जान नससकेको अवस्थामा, नीति बनाएर कार्यान्वयनमा जाने निर्णय भएको कार्कीले बताए । सामाजिक विकास मन्त्रालयले १५ शैयाको रंगेली अस्पताल प्रदेश माताहत ल्याउने निर्णय पनि प्रदेश सरकारको मन्त्री परिषदले गरेको छ ।

रंगेली अस्पताललाई नगरपालिकाको सहमतीमा प्रदेश सरकारको माताहतमा ल्याउने निर्णय गरेको र स्थानीय तहको सिफारिसमा प्रदेश मन्त्रीपरिषदको बैठकले निर्णय गरि संघीय सरकारमा लेखि पठाउने मन्त्री कार्कीले जानकारी दिए ।

प्रतिक्रिया