रेडमी ९ पावर सार्वजनिक

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सीरीज स्मार्टफोनको नवौं पुस्तामा रेडमी ९ पावरलाई भित्र्याएको छ । यो रेडमीको पहिलो फोन हो जसमा विशाल ६००० एमएएच ब्याट्री रहेको छ र एकपटक चार्ज गर्दा एक दिन भन्दा बढिसम्म टिक्ने कम्पनीले जनाएकाे छ ।

यसका साथै, यो ४८एमपी क्वाड क्यामेरा सेट अप, अक्टा–कोर क्वालकम स्नैपड्रैगन ६६२ प्रोसेसर र ६.५३ इन्च एफएचडी प्लस डिस्प्लेको साथ आउँछ । ओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘यो वर्ष शाओमी नेपालको लागि अद्भूत रहेको छ । प्रत्येक रेडमी उपकरणहरू यस वर्ष निकै सफल भएका छन् ।’

रेडमी ९ पावर ४८ एमपी क्वाड क्यामेरा सेट अपको साथ आउँछ । यसमा ४८ एमपी सामसङ्ग जीएम१ सेन्सर र १२० डिग्री फिल्ड अफ भ्यू भएको ८एमपी अल्ट्रा वाइड क्यामेरा रहेको छ । साथै, यसमा २ एमपी म्याक्रो क्यामेरा र २ एमपी डेप्थ सेन्सर रहेको छ जसले धेरै रोमाञ्चक फोटोग्राफी मोडहरू प्रदान गर्दछ । मीयूआई १२ ले क्यामेरा एपलिकेशनमा क्यामेराको प्राचुर्य विशेषताहरु जस्तै मुभि फ्रेम, टाइम ल्याप्स्, नाइट मोड र कलर फोकस सक्षम गर्दछ । ८ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलिंगको ख्याल राख्छ ।

रेडमी ९ पावरको फ्रन्टमा स्क्र्याचबाट जोगाउन कर्निंग गोरिल्ला ग्लास ३ रहेको छ । रबराइज्ड पोर्टको साथ स्प्ल्याश प्रतिरोधी कोटिंगले दुर्घटनात्मक स्पिलबाट बचाउँछ । स्मार्टफोनको दीर्घायु कोरोशन प्रतिरोधक पोर्टहरू द्वारा सुनिश्चित गरिएको छ ।

याे चार प्रकारका कलरहरूः माईटी ब्ल्याक, ब्लेजिंग ब्लू, फाएरी रेड र इलेक्ट्रिक ग्रीन मा उपलब्ध हुनेछ । यो अनलाइन र अफलाईन स्टोरहरूमा माघ २८ गतेदेखि उपलब्ध हुनेछ । ४जीबी+६४जीबी भेरियन्टको मूल्य रु १८,९९९ ताेकिएकाे छ भने
४जीबी+१२८जीबी भेरियन्टको मूल्य रु २०,९९९ ताेकिएकाे कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया