श्रीमती हत्या आरोपमा रामबहादुर पक्राउ
२०७७ माघ २८ गते

पर्वत । श्रीमती हत्या गरेको अभियोगमा रामबहादुर परियार पक्राउ परेका छन् । ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको आरोपमा जलजला गाउँपालिका-४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार दिउँसो रामबहादुर आफैँले धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष बताएका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०७७ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








