आत्मरक्षाका लागि महिलाले हतियार बोक्नुपर्ने भयो : अमृता थापामगर
२०७७ माघ २८ गते

फाेटाे फाइल
काठमाडौँ । नेकपाकी नेतृ तथा अनेमसंघकी अध्यक्ष अमृता थापामगरले महिलाहरुले आत्मरक्षाका लागि तालिम र हतियार बोकेर हिँड्नुपर्ने अवस्था आएको बताएकी छिन् ।
नेकपाको दाहाल-नेपाल पक्षले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बाेधन गर्दै अध्यक्ष थापामगरले सरकारले भागिरथी भट्ट, निर्मला पन्त लगायतका हत्यारालाई कारबाही गर्न नसकेकाले महिलाहरु आत्मरक्षाको तालिम लिएर र साथमा हतियार लिएर हिँड्नुपर्ने अवस्था आएको बताएकी हुन् ।
‘यो सरकारले भागिरथी र निर्मलाका हत्यारालाई कारबाही गर्न सकेको छैन’, अध्यक्ष थापामगरले भनिन्, ‘अब हामी सबैले सेल्फ डिफेन्सको तालिम लिएर र हातमा हँसिया, चुलेसी जे-जे छ त्यहि हतियार लिएर अघि बढ्नुपर्ने अवस्था आएको छ ।’
उनले ५१ प्रतिशत जनसंख्या रहेका महिलाले ‘प्रतिगमन नसच्चिएसम्म’ सडक छोड्न नहुने समेत बताइन् ।
२०७७ माघ २८ गते
प्रतिक्रिया
सम्बन्धित








