मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी । सुनसरीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बराहक्षेत्र नगरपालिका ५ मा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।

प्रदेश १–०२–०४३ प ८८२७ नम्बरको मोटरसाईकलले पैदल यात्री बराहक्षेत्र नगरपालिका ४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते भएका साहको उपचारको क्रममा धरानको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया