स्वास्थ्य शिविरबाट एक हजारबढी लाभान्वित

विराटनगर । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तर्गत इटहरी उपहानगरपालिकाले स्वास्थ्य शिविरलाई गाउँगाउँसम्म लगेको छ । इटहरी उपमहानगरमा अपाङ्गता भएका व्यक्ति तथा बालबालिका लक्षित शिविर संचालन भएको हो ।

माघ १८ देखि २७ गतेसम्म स्वास्थ्य शिविरमा १ हजार १ सय जनाले स्वास्थ्य लाभ लिएका छन् । प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने गरि स्वास्थ्य शिविर आयोजना गरिएको हो । अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले इटहरी उपमहानगरपालिका र करुणा फाउण्डेसनको साझेदारीमा यो अभियान सुरु भएको हो ।

माघ १८ गते वडा नम्वर २ को पूराणचौकमा अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण, मनोपरामर्श तथा कुपोषण सम्बन्धि परामर्श दिइएको छ । हाडजोर्नी, नसा तथा हातखुटटा वाङ्गगिएको वा सल्यक्रिया गर्नुपर्ने भए उपचारका लागि रेफर गरिएको छ ।यस्तै अपाङ्गता भएका ब्यक्तिहरुलाइ सहायक समाग्री वितरण र अपाङ्गता परिचय पत्र प्राप्त नगरेका ब्यक्तिलाई परिचय पत्रका लागि सूचीसमेत तयार गरिएको उपमहानगरपालिकाले जनाएको छ । सुरुमा सर्भे गर्दा इटहरीमा एक हजार ८ सय अपाङ्गता भएका व्यक्ति पाइएको थियो ।

शिविरबाट परिचय पत्र वनाउन चार सय १३ जना छुटेको पाइएको छ । छुटेका ब्यक्तिहरुको परिचय पत्र बनाएर वडावाट नै वितरण गरिने सामाजिक विकास शाखाकी अघिकृत माया राईले जानकारी दिइन् ।

प्रतिक्रिया