यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

पञ्चाङ्ग
वि.सं.२०७७ साल माघ २८ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ कृष्णपक्ष । तिथि–चतुर्दशी,४४ घडी ४९ पला,रातको १२ बजेर ४३ मिनेट उप्रान्त औशी । नक्षत्र–उत्तराषाढा,१८ घडी १४ पला,दिउसो ०२ बजेर ०५ मिनेट उप्रान्त श्रवण । योग–सिद्धि,०१ घडी ०० पला,बिहान ०७ बजेर ११ मिनेट उप्रान्त व्यातिपात । करण–भद्रा,दिउसो ०१ बजेर ०९ मिनेट उप्रान्त शकुनि,रातको १२ बजेर ४३ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३७ पला । लैचह्रे पूजा ।

बार बेला ।
बिहान ०६ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
बिहान ६ बजेर ४८ मिनेटदेखी बिहान ८ बजेर १० मिनेटसम्म अमृत बेला ।
बिहान ८ बजेर ११ मिनेटदेखी बिहान ९ बजेर ३३ मिनेटसम्म काल बेला ।
बिहान ०९ बजेर ३४ मिनेटदेखी बिहान १० बजेर ५६ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ५७ मिनेटदेखी मध्यान्ह १२ बजेर १९ मिनेटसम्म रोग बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखी दिउसो १ बजेर ४२ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ४३ मिनेटदेखी दिउसो ३ बजेर ०५ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ०६ मिनेटदेखी बेलुकी ४ बजेर २७ मिनेटसम्म लाभ बेला ।
बेलुकी ४ बजेर २८ मिनेटदेखी बेलुकी ७ बजेर २७ मिनेटसम्म उद्वेग बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो १२ बजेर १८ मिनेटदेखी दिउसो ०१ बजेर ४१ मिनेटसम्म रहनेछ ।

राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आट तथा पराक्रम गरी काम गर्नाले सफल हुने समय रहेकोछ । दिगो वा दिर्घकालिन काम प्रारम्भ गर्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्ने तथा राजनीतिमा लाग्नेहरुले पद पाउने योग रहेकोछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । समाजमा राम्रा काम गर्न सकिने हुनाले मान–सम्मानमा बृद्धि हुनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रसाशनिक काममा सेवा प्रबाह गर्नेहरुले तपाईँको काम समयमा सम्पन्न नगरिदिदा महत्वपूर्ण कामहरु थाती रहनेछन् । पढाइ लेखाइमा मन नजाने हुँदा अरुभन्दा पछी परिने अधिक सम्भावना रहेकोछ । प्रेममा तित्तता आउने तथा एक अर्कालाई शंकाको नजरले हेर्दा मनमुटाव बढ्नेछ । धार्मिक तथा शैक्षिक यात्रा भएपनि गन्तब्यमा पुग्नको लागि बिभिन्न बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धी न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खाद्यान्न तथा औषधीजन्य व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् भने प्रविधिको प्रयोग गरि काम गर्न सकिनेछ । अध्ययन,लेखन,कला साहित्य तथा गित संगितमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा बिश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सत्रु परास्त हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै सकारात्मक नतिजा हात लाग्ने योग रहेकोछ । आयात निर्यात व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । मामा तथा मावलि पक्षबाट तपाईँको काममा सहयोग तथा समर्थन पाईने हुँदा मन प्रसन्न हुनेछ । पुराना तथा थाती रहेका काम तथा आर्थिक मुद्दाहरु हल भएर जानेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पढाइ लेखाइमा भनेजस्तो नतिजा हात नलाग्ने हुँदा मन चिन्तित रहनेछ । आर्थिक रुपमा सवल हुन चालिएका कदमहरुबाट भनेजस्तो नतिजा नआउने हुनाले काम गर्न मन लाग्ने छैन । सन्तान,छोराछोरि तथा आफन्तले तपाईँको कामको खासै समर्थन गर्ने छैनन् । माया प्रेममा चिसोपनको बिकास हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्ने योग रहेकोछ । सरसफाईमा तथा बाहिरी वातावरणको ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भैपरि आउने खर्चले चिन्ता बढाउनेछ । बाहिरी वातावरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्यका दृष्टिकोणले समय मध्ययम रहेकोछ । काम तथा व्यापारको लागी कर्जा लिनु पर्ने हुन सक्छ । अवसर तथा रोजगारिको लागी दौडधुप गर्नुपर्ला । आफ्नो मेहनेतको प्रतिफल अरुले हत्याउन खोज्नेछन् । तरपनि कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट तपाईँले सुरु गर्नुभएको कामको उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा भनेजस्तो नाँफा कमाउन सकिनेछ भने छोटो तथा रमाईलो व्यावसायिक यात्राको तय हुनेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरि देख्न पाउदा मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा भनेजस्तो सफलता हात लाग्नेछ । लेखन शैलीको विकास हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समयको माग अनुशार नचल्नाले दुःख पाईनेछ भने आर्थिक कारोबार बिग्रने हुँदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । कुटुम्ब तथा आफन्तसँग कुनै कारोबार नगर्नुहोला मनमुटाव सिर्जना हुनेछ । बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला हतारमा निर्णय गर्दा आम्मघाति पनि हुन सक्छ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै संघर्ष गर्नुपनर्पेछ भने पढाइ लेखाइमा तपाईँको उपस्थिति कमजोर रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) छोटो दुरिको यात्राको गतिलो सम्भावना रहेकोछ । सुझबुझ तथा लगनशिलताले समय फलदायी बनाउन सकिनेछ । सामाजिक संघ सस्था तथा परोपकारको क्षेत्रमा काम गरी नाम कमाउन सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा तपाईँकै हातमा पर्नेछ । शुभ तथा मांगलिक कार्यमा समय व्यातित हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । कार्यक्षेत्रमा उन्नतीको समाचार सुन्न पाईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पुरानो माया प्रेमले सताउनेछ भने पति पत्नी बीच मनमुटाव सिर्जना हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा समय लगानि गर्नेहरुले प्रशस्त रुपैया पैसा कमाउन सक्नेछन् । अध्ययन वा कामको शिलशिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने आयस्रोतका बाटाहरु फराकिला हुनेछन् । पैत्रिक सम्पतिको परिचालन गरि मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै आँखा अगाडि देख्न पाउदा मन प्रफुल्लित हुनेछ । पढाइको लगावले वौद्धिक क्षेत्र फराकिलो हुनेछ । कृषि,पशुपालन तथा घरेलु काममा लिन व्यातित हुने योग रहेकोछ । व्यापारमा अरुदिन भन्दा सामान्य वृद्धि हुने योग रहेकोछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया