२६ शव फेला, १७१ अझै बेपत्ता
२०७७ माघ २७ गते

काठमाडौँ । उत्तर भारतमा हिमनदीमा आएको बाढीमा परेर मृत्यु भएका २६ जनाको शव फेला परेको छ ।
बीबीसी हिन्दीका अनुसार अझै पनि १७१ जना हराइरहेका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले त्यहाँ निर्माणाधीन सुरुङमा ३०-३५ जना फँसेको हुनसक्ने भएकाले त्यहाँ उद्धार गर्ने प्रयास भइरहेको बताएका छन् ।
सो सुरुङलाई रातभरि खोल्ने प्रयास गरिएको तर जीवित व्यक्तिसँग कुनै सम्पर्क भने अहिलेसम्म नभएको बताइएको छ ।
- सम्बन्धित समाचार
२०७७ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








