एटलेटिको म्याड्रिड बराबरीमा रोकियो
२०७७ माघ २७ गते

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत एटलेटिको म्याड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिड र सेल्टा भिगो २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
एटलेटिकोका लागि लुइस स्वरेजले दुवै गोल गरेका हुन् । स्वरेजले खेलको ४५औं र ५०औं मिनेटमा एक एक गोल गरेका थिए । योसँगै स्वरेजले एटलेटिकोमा १७ खेलमा १६ गोल गरेका छन् । त्यस्तै सेल्टा भिगोका लागि सान्ति मिना र फाकुन्डो फेरेयराले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि एटलेटिकोको २० खेलमा ५१ अंक भएको छ र लिगको शीर्ष स्थानमा कायम रहेको छ । एटलेटिको दोस्रो स्थानमा रहेको बार्सिलोना भन्दा ८ अंकले अगाडी रहेको छ ।त्यस्तै सेल्टा भिगो भने २२ खेलमा २६ अंकसहित १०औं स्थानमा रहेको छ ।
२०७७ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित








