क्लब विश्वकपको फाइनलमा पुग्यो बायर्न

काठमाडाैँ । क्लब विश्वकप फुटबलका सेमिफाइनल खेलमा जर्मन क्लब बायर्न म्युनिखले जित हात पारेको छ । गएराति भएको खेलमा इजिप्टको क्लब अल अहलीमाथि २-० को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो ।

कतारको अल रायन रंगशालामा भएको खेलमाबायर्नका लागि दुवै गोल रोबर्ट लेवान्डोस्कीले गरेका हुन् । बायर्न युरोपियन विजेताको रुपमा क्लब विश्वकप सहभागी भएको हो भने अल अहली अफ्रिकी विजेताको रुपमा सहभागी भएको हो ।

बार्यनले अब फाइनलमा मेक्सिकन क्लब तिग्रेससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आगमी बिहीबार हुनेछ

प्रतिक्रिया