‘संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु गम्भीर दृष्टिदोष’

काठमाडौँ । जनता समाजवादी पार्टी संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध गरिने संयुक्त संघर्षबाट नभाग्न आग्रह गरेका छन् । नेपाली कांग्रेसलाई लक्षित गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको भट्टराईले यस्तो आग्रह गरेका हुन् ।
ओलीको प्रतिगमनविरुद्ध आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष भएको उनले तर्क गरे । ‘ओली प्रतिगमनविरुद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न् भन्नु गम्भीर दृष्टिदोष हो है !’ उनले ट्वीट गर्दै भनेका छन् ।
नेता भट्टराईले हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सन समेत स्मरण गराएका छन् । उनले अगाडि भनेका छन्, ‘हिजो शितयुद्धको बाछिटा परेर काँग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३० वर्ष टिकेको नबिर्सौ । अहिले नयाँ शितयुद्धको छायाँमा त्यस्तै गल्ती नदोहोरियोस् ! संयुक्त संघर्षबाट कोही नभागोस् !’
ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है! हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता३०बर्ष टिकेको नबिर्सौं।अहिले नयाॅ शितयुद्धको छायाॅमा त्यस्तै गल्ती दोहोरियोस्!संयुक्त संघर्षबाट कोही नभागोस्!
— Baburam Bhattarai (@brb1954) February 8, 2021








