तन्नेरी शहीद भीमनारायणको सम्झना

धनकुटा । तन्नेरी शहीद भीमनारायण श्रेष्ठको ४२ औं स्मृती दिवसको अवसरमा धनकुटामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

धनकुटा बजारमा रहेको शहीद भीमनारायण चोकमा भएको कार्यक्रममा श्रेष्ठप्रति श्रद्धाञ्जली र उनकाे योगदानको स्मरण गरिएको हो ।

कार्यक्रममा भीमनारायण श्रेष्ठका जेष्ठ सुपुत्र मनोजनारायण श्रेष्ठ, नेपाली कांग्रेस धनकुटका उपसभापति नविनकिशोर शाक्य, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, शहीद भीमनारायण श्रेष्ठ स्मृती प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, नेपाल महिला संघ धनकुटाकी उपाध्यक्ष अम्विका धमला, नेपाल शिक्षक संघ धनकुटका अध्यक्ष थिरेन्द्र सुब्बा ,लगायतले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाको योगदानको चर्चा गरेका थिए । 

नेपाली कांग्रेसका नेतासमेत रहेका श्रेष्ठलाई तत्कालिन पञ्चायती सरकारले, २०३० साल चैत्र ३ गते विराटनगरमा भएको बम काण्डको नेतृत्व गरेकोमा ५ बर्षको जेल सँजायपछि २०३५ साल माघ २६ गते कोशी टप्पुमा लगेर गोली हानी मृत्युदण्ड दिएको थियो ।

श्रेष्ठलाई २०७४ साल माघ ४ गते सरकारले शहीद घोषणा गरेको हो ।

प्रतिक्रिया