हसन चम्किएसँगै पाकिस्तानको क्लिनस्विप

एजेन्सी । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्ध दुई टेष्ट खेलको शृँखला क्लिनस्विप गरेको छ ।

सोमबार दक्षिण अफ्रिकालाई ९५ रनले पराजित गर्दै पाकिस्तानले शृँखला क्लिनस्विप गरेको हो । दाेश्राे खेलमा पाकिस्तानलाई जिताउन हसन अलीले १० विकेट लिए । 

३ सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७४ रनमात्र बनाउन सक्याे ।

पाकिस्तानले दक्षिण अफ्रिकालाई सन् २००३ पछि पहिलो पटक टेष्ट शृँखलामा हराएको हो ।

एक समय २ सय ४१ रन बनाउँदा ३ विकेट मात्र गुमाएर बलियो अवस्थामा रहेको दक्षिण अफ्रिकाले त्यसपछि लय गुमाएको थियो । ओपनर एडेन माक्रमले सर्वाधिक १ सय ८ तथा टेम्बा बभुमाले ६१ रन बनाएपनि टिमको हार टार्न सकेनन् । रास्सी भान डर दुसेन ४८ र वियान मुल्डर २० रनमा आउट भए ।

पाकिस्तानका तिब्र गतिका बलर हसन अलीले ५ र साहिनसाह अफ्रिदीले ४ विकेट लिए ।

पाकिस्तान दोस्रो इनिङमा २ सय ९८ रन बनाएको थियो।पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवानले १ सय १५ रन बनाए।

दक्षिण अफ्रिकाका जर्ज लिन्डेले सर्वाधिक ५ विकेट लिए । दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय १ रनमा अल आउट भएको थियो ।
हसनले पहिलाे  इनिङमा पनि ५ विकेट लिएका थिए ।

पहिलो टेस्टमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो । पाकिस्तान र दक्षिण अफ्रिकाबीच तीनवटा ट्वेण्टी ट्वेण्टी क्रिकेट पनि हुनेछन् । पहिलो खेल फेब्रुअरी ११ मा हुनेछ ।

प्रतिक्रिया